दिव्य ज्ञान दिने गुरूहरूप्रति आभारी छु !



रवीन्द्र मिश्र ।

कल्याणकारी लोकतन्त्र, सुशासन, भ्रष्टाचारप्रतिको शुन्य सहनशीलता, निशुल्क/गुणस्तरीय सार्वजनिक शिक्षा/स्वास्थ्य, देशको स्वाभिमान जस्ता विषय ‘वाद/विचार/दर्शन’ भित्र नपर्ने रहेछ।

मैले पढेको राजनीतिशास्त्र र बुझेको राजनीति सबै बेकार हुने पो हो कि? के गर्ने होला, चिन्ता लाग्न थाल्यो। नयाँ ज्ञान दिने देशका ती मुर्धन्य गुरूहरूलाई नमन गर्दछु। उहाँहरूले मेरो त ‘आँखा खोलिदिने’ प्रयास गर्नुभएको छ तर उहाँहरूले आफ्नो ज्ञान अलि गाउँगाउँसम्म पुर्याइदिए, यो देशको कत्ति भलो हुनेथियो।

उहाँहरूजस्ता विद्वानहरूले आफ्ना महान् विचारहरू गाउँगाउँ पुर्याउन नसकेकै कारण हो आज देशले यो अविकास र पीडा भोग्नु परेको।
अब सबैले मिलेर भनौँ: कल्याणकारी लोकतन्त्र, सुशासन, भ्रष्टाचारप्रतिको शुन्य सहनशीलता, निशुल्क/गुणस्तरीय सार्वजनिक शिक्षा/स्वास्थ्य, देशको स्वाभिमान जस्ता विषय ‘वाद/विचार/दर्शन’ होइन।

‘वाद/विचार/दर्शन’ भनेको समाजवाद हो, साम्यवाद हो, राजतन्त्रवाद हो, गणतन्त्रवाद हो। त्यहाँभित्रको भ्रष्टाचार हो, शिक्षा/स्वास्थ्यको नाङ्गो व्यापार हो। तर वाद भनेको त्यही नै हो। अरू त सब केटाकेटीको खेल हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुम्भमेला र पशुपतिको शिवरात्री

-डा. गोविन्दशरण उपाध्याय । भारतको महाकुम्भमा ६० करोड़ मान्छेले स्नानको अन्तिम दिनमै नेपालको

अब त देवत्व र घृणा होइन निर्माणको विमर्श हुनुपर्छ

-डा. युवराज संग्रौला । २००७ सालदेखि आजसम्म देशको राजनीतिले ‘देवत्वकरण र घृणा’ को

धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा