यस्तो छ शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा(पूर्णपाठसहित)



काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम नभएका अथवा संक्रमण कम भएका स्थानीय तहमा विद्यालय संचालन गर्न पाउने गरी ‘विद्यालय संचालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय संचालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिनेगरी कार्यढाँचा सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा संचालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरी विद्यालय बन्द गर्ने कुरालाई कार्यढाँचाले व्यवस्थित गरेको बताए ।

कार्यढाँचामा जोखिम नभएका स्थानहरुमा, जोखिम कम हुँदै गएका स्थानहरुमा स्थितिको समीक्षा गरेर स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा संचालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरी विद्यालय बन्द गर्ने यी दुईवटै कुरालाई समेटिएको छ ।

कार्यढाँचामा विद्यालय संचालन सम्बन्धी कार्यढाँचाको अधिनमा रहेर निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । सरकारले कोरोना कहरका कारण गत चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेको थियो । अनलाइनको माध्यमबाट अहिले पठनपाठन भइरहेपनि त्यो प्रभावकारी हुन सकेको छैन ।

विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले कोभिडविरुद्धको खोप ल्याइने प्रक्रिया थाल्यो

काठमाडौं । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको

लघुकथा: दृस्टिकोण

प्रभादेवी पौडेल । पवनको भर्खर भर्खर बिहे भएपनि उ पत्नीसंग त्यति रमाएको थिएन।ऊ

काठमाडौं महानगरपालिकाको स्थानीय पाठ्यपुस्तक तयार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन

शिक्षा आयोगको प्रतिवेदन नागरिकस्तरबाट सार्वजनिक

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग र यसको प्रतिवेदन, २०७५ लाई आयोगका तत्कालीन