मनोज गजुरेल कोरोना संक्रमणमुक्त



काठमाडौं । हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त भएका छन् । ११ दिनको अस्पताल बसाईपछि गजुरेल कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु।कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्। केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु।’

गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने एपीएफ अस्पताल परिवार, परिवारका सम्पूर्ण सदस्यहरु तथा सबै शुभचिन्तकलाई धन्यवाद दिएका छन्। उनले सकेसम्म यो महामारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन अनुरोध गरेका छन् । कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेल निमोनिया भएपछि सशस्त्र प्रहरी कोभिड अस्पताल बलम्बुमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवालाई प्रमुख वाहकका रुपमा परिचालन गरिने

काठमाडौँ । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वाहकका रुपमा परिचालन गर्ने

विदेशबाट फर्किएर मौरीपालन, वार्षिक एक हजार ९५० किलो मह उत्पादन

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा

विदेशी मुद्रा आर्जन र विदेशी अनुभवको निम्ति पनि नेपालीलाई विदेश पठाउनुपर्छः वामदेव गौतम(अन्तरवार्ता)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव

सुनीताजीहरुले ‘स्टन्ट’ले मुलुक बन्दैन भन्ने बुझेको दिन हुनेछ पार्टी र देशको रूपान्तरण

-नारायण गाउँले । हरेक १० जना नेपालीमध्ये झन्डै तीन जनालाई एमाले मन पर्छ