सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ



स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले जानकारी दिए ।

“पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन्”, प्रअ रानाले भने, “मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन पाठन शुरु गरेका हौं ।” विद्यालयले गत माघदेखि कक्षा एकमा पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा एकसय पूर्णाङ्कको मगर भाषाको पठन पाठन शुरु गरेको हो । उनले आगामी शैक्षिक सत्रबाट अन्य कक्षाहरुमा पनि ऐच्छिक विषयकोरुपमा मगर भाषा पढाउन शुरु गर्ने बताए ।

विद्यालयमा हाल १–३ कक्षा सञ्चालन हुँदै आएको छ । मगर समुदायको बाहुल्यता रहेको गल्याङ नगरपालिकाको उक्त विद्यालय मगर भाषा पढाउने पहिलो विद्यालय रहेको गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार शर्मा आचार्यले बताए ।

मगर भाषा, कला, संस्कृति, लिपीको संरक्षण गर्दै नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्नका लागि नगरपालिकाले मगर भाषा अध्यापनका लागि एक जना शिक्षक उक्त विद्यालयलाई उपलब्ध गराएको शाखा प्रमुख आचार्यले बताए । नगरपालिकाले नेपाली भाषापछिको दोस्रो भाषाकोरुपमा मगर भाषालाई मान्यता दिने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन

वीरगञ्जका सामुदायिक विद्यालयप्रति आकर्षण

वीरगञ्ज । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक

त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ

पोखराको एउटा सामुदायिक विद्यालय, जहाँ आवेदन दिने सबै विद्यार्थीलाई भर्ना लिनै समस्या

गण्डकी । अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका–१