गृह मन्त्रालयले भन्यो-सङ्कटकाल/कफ्र्यु लाग्ने कुरा तथ्यहीन



काठमाडौं । गृह मन्त्रालयले विभिन्न विद्युतीय माध्यममा सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर सङ्कटकाल र कफ्र्यु लाग्ने भन्ने सूचना सम्प्रेषण गरेको पाइएकाले गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।

“उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्येहोरा सम्बन्धित सबैमा सूचीत गरिन्छ”, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनालाई गम्भीरतापूर्वक लिइ आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन