सञ्चारमाध्यमले गलत गरेमा मान्य हुन्नः सञ्चारमन्त्री गुरुङ



काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले सूचना र सञ्चार क्षेत्रको समस्या पहिचान गरी त्यसको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्

। सञ्चार मन्त्रालयमा बिहीबार पद बहाली गर्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित बनाउन, सञ्चार क्षेत्रको गरिमा माथि उठाउन र सरकारले गरेका कामलाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले सञ्चार र सूचना प्रणालीलाई छिटो र व्यवस्थित बनाउने पनि बताए । सञ्चार मन्त्रालयले मात्र नभई सबै मन्त्रालयका प्रवक्ताहरुले मन्त्रालयहरुले गर्ने विकास तथा कार्यक्रमबारे सही सूचना समयमै सम्प्रेषण गर्नुपर्ने मन्त्री गुरुङले बताए ।

सञ्चार मन्त्रालयमा भएका चुनौतीहरुलाई सहज रुपमा समाधान गर्न आफू सक्षम रहेको मन्त्री गुरुङको भनाइ छ । सञ्चार जगतका कमीकमजोरी तथा अभ्यासलाई पहिचान गरी त्यसको अन्त्यका लागि आफूले गरेका हरेक कामको एकसय दिनमा औपचारिक जानकारी गराउने पनि मन्त्री गुरुङले बताए ।

आफूले कुनै गलत कार्य नगर्ने र कुनै पनि सञ्चारमाध्यमले गलत गरेमा उक्त कुरा पनि मान्य नहुने उनले बताए । कोभिड १९ को महामारीको समयमा इन्टरनेटको माध्यमबाट बालबालिकाको अध्ययनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै मन्त्री गुरुङले मन्त्रालयमा भएका गलत कार्यलाई पनि आफूले सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । पदवाहाली गर्दै मन्त्री गुरुङले बिहीबार नै दूरसञ्चार नीति ,साइबर सुरक्षा नीति, सूचना प्रविधि नीति बनाउन कार्यदल गठन गरेका छन् ।

नेपालमा सबै भू–भागमा इन्टरनेट र टेलिफोन सेवा पुर्याउन अप्टिकल फाइबरको सेवा विस्तार गर्न प्रक्रिया अघि बढाइएको सञ्चार सचिव हरि प्रसाद बस्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा सलग्न

दाङ । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेशामा आबद्ध हुँदै गएका छन्

युवाशक्ति पलायन हुने राम्रो सङ्केत होइन

  काठमाडौँ । विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर