ठूला भ्रष्टाचार काण्डको छानविन र दण्डसजाय गर्न जनलोकपाल गठन गरौं: बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’ भनी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिएका छन् । बूढीगण्डकी जलविद्युत आयोजनामा अर्बौ घुस आएको आरोपको खण्डन गरेका श्रेष्ठलाई जवाफ दिँदै भट्टराईले ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउन भनेका हुन् ।

भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘बूढीगण्डकी, एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानविन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं । सबै उच्च पदासीनहरूको सम्पत्ति छानविन गरौं । म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ !’

भट्टराईले हालै दिएको बुढीगण्डकी परियोजनामा अर्बौं रकम घुस लिएको भनी नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा कांग्रेस सभापति शेरबहादुर देउवामाथि आरोप लगाएका थिए । त्यसको बुधबार नेकपाका प्रवक्ता श्रेष्ठले पुष्टि गर्न चुनौति दिएका थिए । त्यस्तै कांग्रेसले पनि केही दिनअघि भट्टराईलाई अभिव्यक्तिलाई पुष्टि गर्न चुनौति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गर्न नसकिने भविष्यवाणी !

डा. गोविन्दशरण उपाध्याय । (१) प्रगतिशील बनाउने ध्याउन्नमा संविधानमा आर्थिक स्रोतले थेग्नै नसक्ने

सुशासन र विकासका लागि सरकारी कामकाजमा प्रधानमन्त्रीले दिनको कम्तिमा ४ घण्टा समय दिनुपर्छ

-शारदाप्रसाद त्रिताल । नेपालको शासकीय वा प्रशासनिक /व्यवस्थापकीय संस्कृति ‘माथि’ बाट रेखदेख र

पढाउन छोडेर कृषिमा लागेका होमनाथले गर्छन् वर्षमा आठ लाख रुपैयाँ बचत

नारायण विक, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछाने जिल्लामा सफल किसानको

विदेशबाट फर्किएर स्वरोजगार बनेका भोजपुरका सुमन

  भोजपुर । सीप मानिसको जिउन सक्ने पहिलो आधार हो । सीप भए