विद्यालयबाट होल्डिङ सेन्टर हटाउन माग



झापा । अभिभावक त्रसित भएको जनाउँदै झापाको काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन शुरु गर्नुपर्ने पर्ने भएकाले विद्यालयले होल्डिङ सेन्टर हटाउन मेचीनगर नगरपालिका र वडा नम्बर ६ मा निवेदन नै दिएको छ ।

विद्यालयका प्रधानाध्यापक तुलसी निरौलाले अभिभावक र विद्यार्थीहरु नै विद्यालयमा भर्ना गर्न समेत आउन डराएको हुँदा तत्काल होल्डिङ सेन्टर हटाउन माग गरेको बताए ।“विद्यालयको विकल्पमा स्थान खोज्नु पर्यो”, उनले भने, “होल्डिङ सेन्टरका कारण विद्यार्थी भर्ना गर्न आउन अभिभावक डराइरहेका छन् ।”

प्रधानाध्यापक निरौलाले विद्यालयले शैक्षिक संस्थाहरुलाई अब होल्डिङ सेन्टरका रुपमा प्रयोग नगर्न स्थानीय सरकारसँग आग्रह गरेका छन् । विद्यालयमा एक हजार २०० विद्यार्थी अध्ययन गर्दै आएका छन् । हाल टोलटोलका मठ मन्दिर, चर्च र सामुदायिक भवनहरुमा पुगेर विद्यार्थीलाई सानो समूहमा पठनपाठन गराइरहेको उनले बताए । विद्यालयका शिक्षक सुभद्रा भट्टराईले सुरुका दिनमा भारतलगायत तेस्रो मुलकबाट आउने नेपालीको संख्या अत्याधिक भएका कारण विद्यालयलाई प्रयोग गरे पनि अब तत्काल हटाउनु पर्ने बताए ।

उनले भने, “विद्यालयको खेल मैदानबाट चाँडै होल्डिङ सेन्टर हटाउने काम गरौं । विद्यालयमा भर्ना अभियान चलिरहेको छ । यसले निम्त्याउने जोखिमको जिम्मा कसले लिन्छ ?”उनले दैनिक पूर्वी नाका काँकडभिट्टा भएर नेपाल भित्रिने यात्रुको संख्या घटिरहेको हुँदा भर्खर निर्माण भएको मेचीको मितेरी पुल मुनिलाई होल्डिङ सेन्टर बनाउन सकिने बताए ।

गत जेठ महिनाबाट विद्यालयमा होल्डिङ सेन्टरसहित क्वारेन्टिन सञ्चालनमा ल्याइएको थियो । क्वारेन्टिन हटाएर कक्षा कोठा निर्मलिकरण गरिए पनि खेल मैदानमा भने प्रयोग भइरहेको छ । मेचीनगर नगरपालिकाका सामाजिक शिक्षा समितिका प्रमुख नविन बरालले विद्यालयको अनुरोध र विद्यार्थीको भविष्यलाई मध्यनजर गरी दश दिनभित्रमा विद्यालयमा रहेको होल्डिङ सेन्टर हटाइने बताए ।

उनले अझै पनि भारतबाट दैनिक सयदेखि डेढ सयको हाराहारीमा नेपालीहरु आइरहेको हुँदा विकल्पको रुपमा मेची भन्सार कार्यालयको बाहिरपट्टि होल्डिङ सेन्टर बनाउने तयारी भइरहेको बताए ।

भारतलगायत तेस्रो मुलुकबाट आउने नेपालीहरुलाई होल्डिङ सेन्टरमा राखेर उनीहरुको विवरण लिई सम्बन्धित पालिकालाई जानकारी गराई पठाइदिने र काठमाडौं उपत्यकाका भएमा पीसीआर परीक्षण गरेर मात्र पठाउने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चले सरकारलाई भन्यो-शिक्षकका संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने वातावरण मिलाउनु

काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ

नवनियुक्त शिक्षामन्त्री भन्छन्-भर्खर मन्त्रालयको जिम्मेवारी लिएको छु, शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्छु

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गरेका छन् ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

जाजरकोट। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित

कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक(तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको