काठमाडौंमा कोरोना महामारी व्यवस्थापनमा गम्भीर चुनौती देखियोः ज्ञवाली



काठमाडौं । सरकारले कोरोना भाइरस महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको बताएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय भएपनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको बताएका हुन् ।

उनले काठमाडौंका आमनागरिक, जनप्रतिनिधि र संघ संस्थालाई कोरोना महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्न आग्रह गरे ।

उनले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने पनि बताए । मन्त्री ज्ञवालीले यस वर्ष दसैँलगायतका चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवालाई प्रमुख वाहकका रुपमा परिचालन गरिने

काठमाडौँ । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वाहकका रुपमा परिचालन गर्ने

विदेशबाट फर्किएर मौरीपालन, वार्षिक एक हजार ९५० किलो मह उत्पादन

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा

विदेशी मुद्रा आर्जन र विदेशी अनुभवको निम्ति पनि नेपालीलाई विदेश पठाउनुपर्छः वामदेव गौतम(अन्तरवार्ता)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव

सुनीताजीहरुले ‘स्टन्ट’ले मुलुक बन्दैन भन्ने बुझेको दिन हुनेछ पार्टी र देशको रूपान्तरण

-नारायण गाउँले । हरेक १० जना नेपालीमध्ये झन्डै तीन जनालाई एमाले मन पर्छ