शिक्षक सेवा आयोगको अध्यक्ष छनौटका लागि सिफारिस समिति गठन



काठमाडौं । सरकारले चैतयता रोकिएका सबै परीक्षाहरु सञ्चालनका लागि अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी सबै शैक्षिक संस्थालाई परीक्षा सञ्चालनको सैद्धान्तिक सहमति दिइएको जानकारी दिएका हुन् ।

यस्तै मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोगको अध्यक्ष छान्नका लागि सिफारिस समिति गठन गरेको छ । लोक सेवा आगोगको अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्विविद्यालका उपकुलपति र शिक्षा मन्त्रालयक सचिवसहितको ३ सदस्यीय सिफारिस समिति बनाएको ज्ञवालीले जानकारी दिए । राष्ट्रिय परिक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रिया शुरु गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ । मदन भण्डारी विश्वविद्यालयमा पूर्वाधार विकास समिति गठन आदेशमा संशोधन गर्ने पनि निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

बैठकले विभिन्न मुलुकमा अवैतनिक वाणिज्य दूतहरुको नियुक्ति तथा पदोन्नति गर्ने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रपति कार्यालको संगठन संचना र दरवन्दी तेरिज स्वीकृत गर्ने निर्णय पनि गरेको छ । ज्ञवालीले विज्ञापन बोर्डको आर्थिक बर्ष ०७७/७८ को लागि अधिकृतस्तरका जम्मा ५ जना कर्मचारीको अस्थायी दरवन्दी स्वीकृती गर्ने निर्णय पनि गरेको बताए ।

पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले काठमाडौं उपत्यका कोरोना संक्रमणको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरे । दसैं र तिहार नजिकिँदै गएकाले पनि विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाई छ ।

चाडपर्व मनाउन काठमाडौंबाट गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण पनि ओहोरदोहोर हुने सम्भावना बढी रहेको उनले बताए । कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै मन्त्री ज्ञवालीले यसपालि टाढैबाट आशीष लिने काम गर्दा उपयुक्त हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपतिको जिम्मेवारीबाट हटाउनुपर्ने सांसहरुको सुझाव

  काठमाडौँ ।  मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीलाई सबै विश्वविद्यालयको ‘कुलपति’को जिम्मेवारीमा राख्न नहुने

काठमाडौंमा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुने

  काठमाडौँ । सैनिक श्रीमती सङ्घको सक्रियतामा निकट भविष्यमा काठमाडौँमा फरक क्षमताका बालबालिका

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४९ प्रतिशत अनुत्तीर्ण

  काठमाडौँ । विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र उत्तीर्ण  भएका छन्

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसैवर्ष पूरा हुने

  काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले चालु आर्थिक वर्षको