बलात्कार र महिलाहिंसाको अवस्थाकाबारेमा मेरो भनाईमा बुझाई फरक पर्योः गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले विकाससम्बन्धी गलत नीतिले विपद्का घटना निम्त्याएको उल्लेख गरे ।

मुुलुकमा बाढी, पहिरो, डुुबान र चट्याङलगायत घटनामा वर्षमा सरदर एक हजार व्यक्तिको मृत्यु हुुनुुका साथै आवास, पूर्वाधार र बालीनाली गरी अर्बाैंको क्षति हुँदै आएकोले प्राकृतिक प्रकोप र विपद् जोखिमलाई न्यूनीकरण गर्न सहजताका लागि सरकारले आवश्यक ऐन, कानून निर्माण भइसकेको उनले बताए ।

महिला तथा दलितमाथि हुने उत्पीडनका घटना न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको उनको भनाई छ । उनले महिला सेलजस्तै प्रहरीमा दलित डेस्क बनाउने सोच अघि सारिएको र अघिल्ला वर्षको तुलनामा महिलामाथि हुने बलात्कार र घरेलु हिंसाका घटना कोभिड–१९ को लकडाउनपछि बढेको जानकारी गराए ।

उनले यसअघि अर्को समिति बैठकमा अन्य देशको तुलनामा नेपालमा हिंसाका घटना कम रहेको भन्दै बुझाईमा फरक परेको तर्क गरे । विश्वको तुलनामा नेपालमा बलात्कार र महिलाहिंसाको अवस्था चिन्ताजनक छैन भन्ने अभिव्यक्ति विवादमा आएपछि थापाले आफ्नो अभिव्यक्तिको बुझाइमा फरक परेको बताए ।

सांसदहरुले जोखिमबस्ती स्थानान्तरणमा विशेष ध्यान पुुर्याउन पनि गृहमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै तीन तहका सरकारबीच समन्वयका साथ काम गर्न तथा प्रभाव र पहुँचका आधारमा आयोजना छान्ने गलत प्रवृत्ति रोक्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब गुड्ने होइन, उड्नेतिर

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीलाई मान्छेले बनाएका होइनन् । पृथ्वीले मान्छे बनाएको हो

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

भेरीगङ्गा । सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् ।

देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

कास्की ।  नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।