बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउने पक्षमा महिला सांसदहरु



काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरूले बलात्कारका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने ऐन बनाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने महिला सांसदहरुको छलफलले अन्तर्राष्ट्रिय कानूनलाई पनि मध्यनजर गर्दै मृत्युदण्ड दिने कानुन बनाउनका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेका हुन् । सांसदहरूले कम्तिमा पनि १६ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई मृत्युदण्डको सजाय दिने कानुन बनाउन पहल थाल्नुपर्ने बताएका छन् ।

संविधानमा कसैलाई पनि मृत्युदण्डको सजाय गर्न नहुने व्यवस्थालाई परिमार्जन गरेर अगाडि बढ्नुपर्ने सांसदहरूले बताएका हुन् । उनीहरूले अन्तर्राष्ट्रिय सन्धिहरू बाधक रहेमा तिनलाई पनि आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने बताएका छन् ।

यस्ता घटनामा मिलापत्र गर्नेलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने तथा स्थानीय तहमा जनप्रतिनिधिहरुको सहभागिता देखिए उनीहरुलाई तत्काल पदबाट हटाउनुपर्ने निष्कर्ष छलफलले निकालेको सांसद बिन्दा पाण्डेले जानकारी दिइन् । बलात्कारका घटनामा जनप्रतिनिधिले मिलापत्र गराउने घटना पनि आइरहेकाले त्यसबारे पनि छानबिन हुनुपर्ने उनको भनाई छ ।

छलफलमा सांसद निरुदेवी पालले अपराधीलाई कडा सजाय दिने कानून नबसेसम्म यस्ता घटनामा कमी नआउने बताइन् । त्यस्तै सांसद कोमल ओलीले जनप्रनिधिहरुको सहभागिता बढेको पाइएकोले यस्ता घटनाको गहिराईमा पुगी अध्ययन र अनुसन्धान गर्नुपर्ने बताइन् ।

सांसद पुष्पा भुसालले १६ वर्ष मुनिकालाई बलात्कार गर्ने र हत्या गर्नेलाई मृत्युदण्डको सजाय गर्ने कानुन बनाउनका लागि पहल गर्नुपर्ने बताइन् । नेकपा सांसद शान्ता चौधरीले पनि सबै मिलेर कानुनी कडाइको व्यवस्था गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन