डा. केसीका माग पूरा गर्न सरकारलाई नेविसंघको आग्रह



काठमाडौं । नेपाल विद्यार्थी संघले अनसनरत डा. गोविन्द केसीका मागमा ऐक्यवद्धता जनाउँदै तत्काल जायज माग पुरा गर्नुपर्नेमा जोड दिएको छ । शुक्रबार नेविसंघ अध्यक्ष राजीव ढुंगाना नेतृत्वको पदाधिकारीसहित प्रतिनिधिमण्डलले अनसनरत डाक्टर केसीलाई त्रिवि शिक्षण अस्पताल पुगेर भेट्दै केसीका मागमा ऐक्यवद्धता जनाएको हो ।

डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका सबै मागमा नेविसंघले ऐक्यवद्धता जनाएको नेविसंघ अध्यक्ष राजिव ढुङ्गानाले जानकारी दिए । सरकारले डाक्टर केसीसँग तुरून्त वार्ता गरी मागहरू सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

डा केसीले उठाएका मुद्धाहरु जनताको मुद्धा रहेको भन्दै सरकारले माग पुरा गर्नुपर्नेमा दमन गरेको भन्दै उनले तत्काल केसीले उठाएका माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराए । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १९ औं पटक अनसन बस्नुभएका डा केसीको १२ औ दिनसम्म पुग्दा स्वास्थ्य कमजोर हुँदै चिकित्सकहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै छवी उच्च हुन्छ’

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै

कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सरकारलाई दबाब दिनुपर्छः डा.केसी

नेपाल सरकारले हालै कोभिडको उपचार खर्च नव्यहोर्ने निर्णय गरेको छ । स्मरण रहोस्,

धुलिखेल अस्पतालद्वारा कोरोना संक्रमित विरामीसँग दुई लाख रुपैयाँ धरौटी माग

काठमाडौं । काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमण भई उपचाररत बिरामीलाई भर्ना

कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सङ्क्रमित बिरामीको निःशुल्क