सरकारले विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना कार्यान्वयनमा लैजाने



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।

मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले असोज १ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ स्वीकृत भएको भन्दै अब कार्यान्वयनमा जाने बताएका हुन् ।

आकस्मिक कार्ययोजनाले बसाई स्थानान्तरण भएका विद्यार्थीहरुको तथ्याङ्क संकलन, सबै बालबालिकाका लागि पाठ्यपुस्तक उपलव्धताको सुश्चिततामा जोड दिइएको मन्त्री पोखरेलले जानकारी दिए ।

त्यस्तै शैक्षिक सत्रमा विद्यार्थीले सिक्नुपर्ने बिषबस्तु, शिक्षण विधि र मूल्याङ्कन प्रक्रियाका लागि ढाँचा विकास, नमूना स्वअध्ययन सिकाइका सामाग्रीहरुको विकासलाई कार्ययोजनामा समेटिएको मन्त्री पोखरेलले बताए ।

कार्ययोजनाको कार्यान्वयन प्रक्रियामा तीनै तहका सरकारका साथै बिद्यालय, सामाजिक एवं गैह्सरकारी संस्थाहरु र नीजि क्षेत्रको अहम् भूमिका रहेको उनले बताए ।

कार्ययोजनाको कार्यान्वयनका लागि आवश्यक पर्ने बजेटको प्रवन्ध, स्रोेतमा साझेरीका लागि समन्वय, सामग्री विकास र व्यवस्थापन, अनुगमन लगाएतका समग्र सहजीकरणको काममा समेत संघीय सरकारको निकायको रुपमा शिक्षा मन्त्रालयले कार्य गर्ने मन्त्री पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्ने सरकारको तयारी

  काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले

शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो

सुमना श्रेष्ठ । साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप