कर्मचारी सरुवा नगर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन



काठमाडौं । संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका कारणले कुनै पनि सरुवा, काज सरुवा नगर्न सबैलाई निर्देशन दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत युवराज अर्यालले सूचना जारी गरी यही असोज २४ गतेसम्मका लागि कर्मचारीको सरुवा र काज सरुवा नगर्न अनुरोध गरेका हुन् । यही असोज २४ गते हुने निर्वाचनका लागि यही असोज १ गतेदेखि निर्वाचनको आचारसहिंता लागेकाले सरुवामा रोक लगाइएको हो । सरकारले निर्वाचन गर्नका लागि निर्वाचन कार्यालयसमेत स्थापना गरिसकेको छ ।

विसं २०७३ जेठ १९ गते भएको निर्वाचनको चार वर्ष कार्यकाल सकिएपछि निर्वाचन हुन थालेको हो । युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले कोरोना भाइरस (कोभिड–१९) का कारणले निर्धारित मितिमा निर्वाचन गर्न कठिनाइ हुने बताए । देशभर करिब ८३ हजार निजामित कर्मचारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन