गणेशमानबाट नेपाली नेताले प्रेरणा लिनुपर्छः नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताएका छन् । सिंहको २३ ओै स्मृति दिवसका अवसरमा आफ्नै निवास चाक्सिवारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानजीले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताएका हुन् ।

उनले भने,‘नेपालमा सक्रिय जति राजनीतिक दल र नेता कार्यकर्ता हुनुहुन्छ । उहाँले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो त्यही मार्गमा हिँडेको खण्डमा मात्रै नेपाल र नेपालीको भलो हुन्छ ।’ नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न ६ दशक लामो राजनीतिक जीवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा विताएको पनि बताए । प्रजातान्त्रका लागि ठूलो संघर्ष गरेको र कष्ट सहेकैले उहाँलाई नेपाली जनताले सँधै सम्झिरहने सिंहको भनाई थियो ।

त्यस्तै नेता सिंहले गणेशमान सिंहको स्वच्छ, निष्कलंकित छविकै कारण कांग्रेसको आव्हानमा भएको ०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूले उहाँको नेतृत्व स्विकारेको पनि बताए । सर्वमान्य नेता सिंहको नेतृत्वमा ०४६ सालको जनआन्दोलन संयुक्त भन्दा पनि कार्यगत एकताका आधारका भएको उनले बताए ।

त्यस्तै नेता सिंहले सरकारले कोरोना महामारीका बेलाका जनताकम लागि गर्नुपर्ने न्यूनतम काम पनि नगरेको बताए । मेडिकल सामग्री खरिदमा समेत घोटाला हुँदा जनताले सरकारसँग चित्त दुखाएको सिंहको भनाई थियो । दुई तिहाई नजिकको सरकारले संविधानको भावनाअनुसार संघीय कानुन नबनाइँदिँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको पनि उनले बताए । देश संघीयतामा गइसकेपनि सरकारको ध्यान केन्द्रीयकरणमै रहेको भन्दै संविधानको मर्म र भावना विपरित नजान पनि सरकारलाई सचेत गराए ।

जनताले करिब दुई तिहाई मत सुशासनका लागि दिएपनि सरकार ललिता निवास प्रकरण, यति होल्डिंग्स, सेक्युरिटी प्रिन्टिंग प्रेस लगायतका काण्डमा मुछिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन

अर्काको देशमा गएर मर्न तयार हुने तर आफ्नो देशमा कुनै काम गर्न नचाहने सोच अन्त्य हुनुपर्छ

काठमाडौँ । संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले सहमति र