राष्ट्रपतिको सञ्चार सल्लाहकारमा टीका ढकाल नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सूचना तथा सञ्चार विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले पाँचथर निवासी ढकाललाई राज्यमन्त्रीसरहको सेवा सुविधा पाउने गरी विज्ञ सल्लाहकार नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिको सञ्चार पोखराका पत्रकार माधव शर्माले हेर्दै आएका थिए । शर्मासहित सुरक्षा सल्लाहकार नेत्र थापा र विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिइसकेका छन् ।

ढकाल अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुन् । उनले त्रिभूवन विश्वविद्यालयबाट अंग्रेजी र राजनीतिशास्त्र तथा अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

ढकालले सार्क विकास कोषसहित केही अन्तर्राष्ट्रिय संस्थामा काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब गुड्ने होइन, उड्नेतिर

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीलाई मान्छेले बनाएका होइनन् । पृथ्वीले मान्छे बनाएको हो

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

भेरीगङ्गा । सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् ।

देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

कास्की ।  नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।