‘डर त्रास होइन, सकारात्मक सोचले कोरोनालाई परास्त गर्न सकिन्छ’



काठमाडौं । पछिल्लोपटक विश्वभर कोरोना संक्रमणकको दर बढ्दै गएको छ । नेपालमा पनि तीव्र रुपमा संक्रमण बढ्दै गइसकेपछि मानिसहरु चिन्तित छन् । कोरोना संक्रमणको कारण केही मानिसहरूले ज्यानसमेत गुमाइसकेका छन् भने यसको त्रासले मानसिक रुपमा कमजोर अवस्थामा पुर्याएको छ । कोरोनाका कारण सृजित अहिलेको जटिल समयका कारण गर्दा आममानिसमा विभिन्न खालका मानसिक समस्याहरु देखापर्न थालेका छन् ।

यसै सन्दर्भमा काउन्सेलिङ टक नेपालले ’अहिलेको जटिल समयमा डर, त्रासलाई कसरी नियन्त्रण गर्ने’ भन्ने विषयमा भर्चुअल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुले आफ्नो अनुभव सुनाउँदै यो सामान्य रुघाखोकी जस्तै रहेको र घरमै बसेर विभिन्न उपायहरू अपनाउँदै यसलाई परास्त गर्न सफल भएको बताए ।

मनोविद सुरज शाक्यले जुनसुकै अवस्थामा पनि सकारात्मक रहनुपर्ने बताउँदै आफूलाई विभिन्न कामहरुमा व्यस्त राख्न सकियो भने डर र त्रासले स्थान नपाउने कुरामा सहभागीलाई जोड दिए । कग्निटिभ बिहेभियरल थेरापीलगायत विधिहरुबाट एन्जाइटि, डिप्रेसनलगायतका मानसिक समस्याको उपचारमा महत्वपूर्ण भूमिका खेलेका मनोविद शाक्य चिकित्साशास्त्र अध्ययन संस्थानमा सहायक प्राध्यापकका रुपमा कार्यरत छन् । कार्यक्रमको सञ्चालन सफर पोखरेलले गरेका थिए ।

यो जटिल समयमा आम मानिसहरुलाई मानसिक रुपमा सक्षम रहनको लागि यस्ता कार्यक्रमको आवश्यकता रहेको उल्लेख गर्दै ’आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ’ कार्यक्रम संयोजक कविन्द्र नापीतले भने । कार्यक्रममा ८० जना भन्दा धेरै सहभागी थिए भने निःशुल्क सहभागी हुन पाउने व्यवस्था थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब गुड्ने होइन, उड्नेतिर

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीलाई मान्छेले बनाएका होइनन् । पृथ्वीले मान्छे बनाएको हो

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

भेरीगङ्गा । सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् ।

देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

कास्की ।  नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।