नेविसंघले भन्यो प्राविधिक तालीम खारेजको निर्णय दुःखद्



काठमाडौं । नेपाल विद्यार्थी सङ्घले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सञ्चालित तालीम खारेज गर्ने सरकारको निर्णय दुःखद् भएको बताएको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले सोमबार विज्ञप्ति जारी गरी सीटीइभीटीबाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी सिएमए, एएनएम, ल्याब असिस्टेन्टलगायत टीएसएलसी र एसइईस्तरका १८ महिने स्वास्थ्य तालीम खारेज गर्ने सरकारको निर्णय गलत भएको बताएका छन् ।

“प्राविधिक शिक्षासम्बन्धी भावी योजना र विकल्पसमेत नदिएर विगत २५ वर्षदेखि अविछिन्न सञ्चालित तालीम बन्द गर्दा ठूलो अन्योल छाएको छ”, ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेविसङ्घले हाल कोभिड–१९ विरुद्धको सङ्घर्षमा अग्रभागमा कार्यरत सिएमए, एएनएम, ल्याब असिस्टेन्टलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालीमरत १२ हजार विद्यार्थीलाई आतङ्कित बनाउँदै कुनै खाका र योजनाबिनै बन्द गरिनु घोर आपत्तिजनक विषय भएको बताएको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले खुलेका शैक्षिक संस्थालाई पूर्वाधार सम्पन्न गर्दै जानुपर्नेमा सीपमूलक तालीम बन्द गर्नु सरकारको गैरजिम्मेवारी कार्य भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब गुड्ने होइन, उड्नेतिर

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीलाई मान्छेले बनाएका होइनन् । पृथ्वीले मान्छे बनाएको हो

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

भेरीगङ्गा । सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् ।

देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

कास्की ।  नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।