गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन एनआरएनएको आग्रह



काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशमा रहेका गैरआवासीय नेपालीलाई स्वदेश फर्कन सहज वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ । पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन उद्धार उडान एवम् चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक भए पनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै सङ्घका अध्यक्ष अध्यक्ष पन्तले यस्तो आग्रह गरेका हुन् ।

सरकारले स्वदेश फिर्तिमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको उनले बताए । नेपालमा आफ्न्तको काजकिरीया गर्न जानेदेखि व्यवहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीलाई समेत आवश्यक भिसा, सुविधा उपलब्ध गराई नियमित उडानमार्फत नेपाल फर्किने वातावरण मिलाउन अध्यक्ष पन्तले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सङ्घले सरकारले सशर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारीक र व्यवस्थित गर्न पनि आग्रह गरेको हो । यसअघि विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण विदेशमा अलपत्र नेपालीको उद्धार हुँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो । सङ्घका अनुसार मध्यपूर्वका देशमा अझै एक लाख बढी नेपाली उद्धारको पर्खाइमा छन् ।

कोरोनाबाट विदेशमा १९२ जनाको मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९२ नेपालीले ज्यान गुमाएका छन् । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभिड–१९ बाट पछिल्लो साता लग्जम्र्वमा थप एक जनाको ज्यान गएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेमा विभिन्न १६ मुलुकका नेपाली रहेका छन् । कोरोना भाइरसका कारण बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको ज्यान गएको छ । समितिका अनुसार पछिल्लो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरेबियालगायत देशमा कोरोना सङ्क्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएको समितिले जनाएको छ ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ (दोस्रो लहर) शुरु भएको उल्लेख गर्दै नेपाली समुदायलाई सजक रहन आग्रह गरेका छन् । विदेशमा मात्र ३४ हजार ३०१ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात् ३२ हजार २५३ जनाले कोरोनालाई परास्त गरेका सङ्घको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना

जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ