काठमाडौं उपत्यकामा ६ देखि १० हजार आइसोलेसन बेड निर्माण गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने भएको  छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वदेश आउन चाहने नेपालीलाई ल्याउने व्यवस्था गर्ने निर्णय गरेको हो ।

स्वदेश आउन चाहने नेपालीका लागि उडानको व्यवस्था गरिने तर नेपाल आएपछि भने उनीहरुले सात दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । विदेशबाट आउनेहरुले आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्नेछ । त्यसैगरी  नेपालबाट विदेश जान समेत दिइने भएको छ । त्यो देशको अवस्था हेरेर जान चाहनेलाई नरोक्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै स्थलगत नाकाबाट आउनेहरुले पनि क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने छ । उनीहरुले पनि आफ्नै खर्चमा सात दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । तर, पैसा तिर्न नसक्नेले भने सरकारले व्यवस्था गरेको ठाउँमा क्वारेन्टिनमा बस्नुपर्नेछ । बैठकले अहिले जारी गरिएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

काठमाडौं उपत्यकामा ६ देखि १० हजार आइसोलेसन बेड निर्माण गर्ने पनि बैठकले निर्णय गरेको छ । निजी, सामुदायिक, सरकारी लगायत सबै अस्पतालमा आइसोलेसनको व्यवस्था गर्ने बैठकले निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संक्रमणकालीन न्यायलाई टुंग्याउने विषय सरकारको प्राथमिकतामा

काठमाडौँ । सत्ता साझेदार दश दलको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।

आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु

 नेपाली काँग्रेसबाट अलग भएको घोषणा वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को

सीमा अतिक्रमणको विषयमा बोल्दा प्रधानमन्त्रीलाई सरकार ढल्ने डर छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालको भूमिमाथि

डा. स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग, रास्वपाबाट चुनाव लड्ने तयारी

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् । वाग्लेले