काठमाडौं उपत्यकामा ६ देखि १० हजार आइसोलेसन बेड निर्माण गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने भएको  छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वदेश आउन चाहने नेपालीलाई ल्याउने व्यवस्था गर्ने निर्णय गरेको हो ।

स्वदेश आउन चाहने नेपालीका लागि उडानको व्यवस्था गरिने तर नेपाल आएपछि भने उनीहरुले सात दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । विदेशबाट आउनेहरुले आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्नेछ । त्यसैगरी  नेपालबाट विदेश जान समेत दिइने भएको छ । त्यो देशको अवस्था हेरेर जान चाहनेलाई नरोक्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै स्थलगत नाकाबाट आउनेहरुले पनि क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने छ । उनीहरुले पनि आफ्नै खर्चमा सात दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । तर, पैसा तिर्न नसक्नेले भने सरकारले व्यवस्था गरेको ठाउँमा क्वारेन्टिनमा बस्नुपर्नेछ । बैठकले अहिले जारी गरिएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

काठमाडौं उपत्यकामा ६ देखि १० हजार आइसोलेसन बेड निर्माण गर्ने पनि बैठकले निर्णय गरेको छ । निजी, सामुदायिक, सरकारी लगायत सबै अस्पतालमा आइसोलेसनको व्यवस्था गर्ने बैठकले निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भीम रावलभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भएको छ, गालीगलौजले देश बन्दैनः उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि भीम रावलले लगाएको आरोप माओवादी

सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छः अध्यक्ष यादव

खजुरा (बाँके) । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग

पार्टीमा गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिँदैनः कर्ण थापा

काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले पार्टीमा वैचारिक बहस गर्नु राजनीतिक नेता

शेरा दरबारको जग्गा गलत ढङ्गले कोही व्यक्ति वा कम्पनीको नाममा छ भने त्यो फिर्ता हुन्छ र कारबाही हुन्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च