विधायन समितिको बैठकमा सांसदहरुले नै मास्क नलगाएपछि…..



काठमाडौं । संसदीय समितिमा केही सांसदले मास्क नलगाएपछि अर्का एक सांसदले मास्कको प्रयोग अनिवार्य गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सांसद जितेन्द्र नारायण देवले समिति बैठकमा बस्दा मास्क अनिवार्य गर्न सभापति परशुराम मेघी गुरुङको ध्यानाकर्षण गराएका हुन् ।

समितिमा रहेका विधेयकहरुलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल गर्न बिहीबार बैठक बोलाइएको थियो । बैठकमा सभापति गुरुङ, समिति सचिव लगायत केही सांसदहरु मास्कविना बैठकमा सहभागी भएका थिए । सांसद देवले संवैधानिक आयोग, अदालत, सिंहदरबार सचिवालय लगायत कोरोनाबाट प्रभावित भएकाले समिति बैठक बस्दा सबैले मास्क लगाउनुपर्ने बताए ।

उनले मास्कबिना बैठकमा नबस्न सुझाव पनि दिए । देवले बैठकबस्दा स्वास्थ्य सतर्कता अपनाइ बस्नुपर्ने बताए । यसअघि संघीय संसद सचिवालयले सांसदहरुलाई कोरोना संक्रमणबाट बच्न पूर्व सतर्कता अपनाउन सुझाएको थियो । बैठकले मंसिर महिनाभित्रै समितिमा रहेका बिधेयकहरुको छलफल सक्ने र त्यसका लागि बिज्ञहरुको पनि सुझाव लिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज