विधायन समितिको बैठकमा सांसदहरुले नै मास्क नलगाएपछि…..



काठमाडौं । संसदीय समितिमा केही सांसदले मास्क नलगाएपछि अर्का एक सांसदले मास्कको प्रयोग अनिवार्य गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सांसद जितेन्द्र नारायण देवले समिति बैठकमा बस्दा मास्क अनिवार्य गर्न सभापति परशुराम मेघी गुरुङको ध्यानाकर्षण गराएका हुन् ।

समितिमा रहेका विधेयकहरुलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल गर्न बिहीबार बैठक बोलाइएको थियो । बैठकमा सभापति गुरुङ, समिति सचिव लगायत केही सांसदहरु मास्कविना बैठकमा सहभागी भएका थिए । सांसद देवले संवैधानिक आयोग, अदालत, सिंहदरबार सचिवालय लगायत कोरोनाबाट प्रभावित भएकाले समिति बैठक बस्दा सबैले मास्क लगाउनुपर्ने बताए ।

उनले मास्कबिना बैठकमा नबस्न सुझाव पनि दिए । देवले बैठकबस्दा स्वास्थ्य सतर्कता अपनाइ बस्नुपर्ने बताए । यसअघि संघीय संसद सचिवालयले सांसदहरुलाई कोरोना संक्रमणबाट बच्न पूर्व सतर्कता अपनाउन सुझाएको थियो । बैठकले मंसिर महिनाभित्रै समितिमा रहेका बिधेयकहरुको छलफल सक्ने र त्यसका लागि बिज्ञहरुको पनि सुझाव लिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा उपसभापति खड्का मनोनि‍त

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा कांग्रेस उपसभापति

माधव नेपालले मन्त्रीहरुलाई भने -हामीले गरेको निर्णय कार्यान्वयन गर्न आफैँ लाग्नुहोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न

फेरि प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एक पटक प्रधानमन्त्री

माधव नेपाललाई योगेश भट्टराईको प्रश्नः आत्माबोध र पश्चातपः सिर्फ कहिले ?

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी विभाजनको समयमा चिनेको खेलाडीहरु माधवकुमार