लोकगायक प्रेमराजा महत दम्पत्तिलाई कोरोना संक्रमण



काठमाडौं । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महावाणिज्यदूत प्रेमराजा महत र उनकी पत्नी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनले सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् ।

महतले फेसबुकमा यस्तो लेखेका छन्

समुदायका सम्पूर्ण दिदीबहिनी दाजुभाइ तथा ईष्टमित्रहरूमा हार्दिक अपील । यदि हामिले समयमै सतर्कता अपनाएनौं भने विश्व महामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउनेवाला छैन । ध्यान राख्दाराख्दै दुर्भाग्यवस हामी श्रीमान श्रीमती पनि यसबाट बच्न सकेनौं । हामी अहिले आफ्नै घरको एक एक कोठामा आईसोलेसनमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानी मा बसेका छौं ।

यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्ति पनि शर्म नमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सुसूचित हुने मौका दिनु हुनेछ भन्ने पूर्ण विश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु । ईमान्दारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्न जानेछ । जय पशुपतिनाथ ।
प्रेमराजा महत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ ।