कोरोना संक्रमितको संख्या बढ्दै गएपछि १६ जिल्लामा निषेधाज्ञा जारी



काठमाडौँ । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले १६ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । यस्तै, ६ जिल्लाहरुमा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाहरुमा संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो । सप्तरी, सर्लाही, स्याङ्जा, पर्सा, बारा र बाँके जिल्लाभरी पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

सर्लाही, पर्सा र बारामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ भने बाँकेमा साउन २४ गतेसम्म, सप्तरीमा साउन २६ गतेसम्म र स्याङ्जामा साउन २३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । यस्तै, धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रहरुमा साउन २५ गतेसम्म निषेधाज्ञा गरिएको छ ।

नुवाकोट पूर्व बाहैवेर भन्ज्याङ,पश्चिम नयाँ चौतारा,उत्तर बागेश्वरी भन्ज्याङ र दक्षिण पोखरी डाँडा र हिलेटोलमा अर्को आदेश नभएसम्मका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । मोरङको विरानगर महानगरपालिकामा साउन ३० गतेसम्म,महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा साउन २१ गतेसम्म र दार्चुलाको मर्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

झापाको बिर्तामोड नगरपालिकामा अर्को आदेश नभएसम्म र अर्जुनधारा नगरपालिका क्षेत्रमा साउन २२ गतेसम्म, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा अर्को आदेश नभएसम्म् र बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७मा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि निषेधाज्ञा गरिएको हो । मंगलबारसम्म मुलुकभरमा २१ हजार ९ जनामा कोरोना संक्रमण देखिएको छ भने ५८ जना कोरोनाको संक्रमणबाट निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी

रामपुर (पाल्पा) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले

अनुकूल वातावरण भए विदेशमा रहेका नेपाली युवा स्वदेश फर्कन्छन्ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र

राज्यले युवाहरुको भावनालाई बुझेर नयाँ नीति बनाउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत

जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा जोसिनुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने