काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि चाल्ने आगामी कदमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरू र विपक्षी दलका नेतासँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा जनस्वास्थ्य विज्ञ तथा विपक्षी दलका नेताहरु सहभागी छन् ।
प्रधानमन्त्रीले कोरोना समुदायस्तरमा समेत फैलिएको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा उनीहरुसँग सुझाव लिने बताइएको छ । कोरोना संक्रमण समुदायमा फैलिएपछि स्थानीय तहले निषेधाज्ञा लगाउँदै आएका छन् ।
पछिल्लो समय वीरगंज र विराटनगरमा कोरोना व्यापक रुपमा फैलिएको छ । छलफलमा विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।


प्रतिक्रिया