अनसनरत ‘इनफ इज इनफ’का अभियन्ता ई अस्पताल भर्ना
काठमाडौं । १७ दिनदेखि अनसनरत इनफ इज इनफका अभियन्ता ई अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान ह्याम्स अस्पतालमा भर्ना गरिएको इनफ इज इनफका अभियन्ता पुकार बमले जानकारी दिएका छन् । अनशनरत ईले आइतबारदेखि सलाइन पानी समेत लिन छाडेका थिए ।
उनी कोरोनाभाइरस महामारी नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने, खर्च पारदर्शी हुनुपर्ने लगायतका माग राखी अनसनमा बसेका हुन् । यसअघि पनि ई र बम अनशन बसेका थिए । त्यसबेला सरकारसँग १२ बुँदे सम्झौता भएको थियो । तर सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु अनसन बसेका हुन् ।