सभामुख र सभामुखको सचिवालयका सबैको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा, उहाँको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

शनिबार राति अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिनुभएको सभामुखका संचार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाद्वारा सुदूरपश्चिमको नौ जिल्लामा जिल्ला समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका नौ  जिल्लामा जिल्ला समिति गठन गरेको

अहिले संसद र अदालतबाटसमेत ‘जनयुद्ध’लाई अपमानित गर्ने काम भइरहेको छ, यो सैह्य हुन्नः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले

सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

  काठमाडौँ । संसदको अर्थ समितिको बिहीबारको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक,