स्वास्थ्यमन्त्री ढकालद्वारा एसिड आक्रमणमा परेकी पवित्रा कार्कीसँग भेट



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एसिड आक्रमणमा परेकी पवित्रा कार्कीलाई भेट गरेका छन् । आइतबार मन्त्री ढकाल कीर्तिपुर अस्पतालमा पुगेर कार्कीलाई भेटेका हुन् ।

भेटपछि मन्त्री ढकालले फेसबुकमा लेखेका छन्,‘एसिड प्रहारबाट घाइते हुनुभएकी पवित्रा कार्कीको आज कीर्तिपुर अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेँ,उनको स्वास्थ्य उपचारमा कुनै कमी हुन नदिने विश्वास दिलाउँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’ बिहीबार राति सितापाइलामा कार्कीमाथि एसिड आक्रमण भएको थियो ।

उनीमाथि एसिड आक्रमण गर्न लगाउने मोहमद आलम र आक्रमण गर्ने फेयाज आलमलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब गुड्ने होइन, उड्नेतिर

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीलाई मान्छेले बनाएका होइनन् । पृथ्वीले मान्छे बनाएको हो

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

भेरीगङ्गा । सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् ।

देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

कास्की ।  नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।