अहिलको सत्ता सम्हाल्ने व्यक्तिमा अहमवादी चिन्तनः बाबुराम भट्टराई


काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलको सत्ता सम्हाल्ने व्यक्तिमा अहम्वादी चिन्तन हावी भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा गन्तव्य नेपाल समूहले आयोजना गरेको कोरोना डिफेन्स अवार्ड तथा स्वास्थ सामग्री वितरण कार्यक्रममा भट्टराईले नेपालका अहिलेका राज्यका शासकहरु राजनीतिक मुर्ख भएको टिप्पणी पनि गरे ।

आफू पनि नजान्ने अरुको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले अहिले सरकार चलाइरहेको उनको भनाई छ । संकटको बेलामा शासन सत्तामा बस्ने मान्छेको आफ्नै किचलो र झैझगडा, सत्ताको भागवण्डामा महिनौँ बर्वाद गरिरहेको र देश र जनताको जीवनमाथि खेलवाड गरिरहेको उनले बताए । भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेट मार्फत कुनै ठोस कार्यक्रम नल्याएको तर्क गरे ।