सुरक्षाकर्मी र कर्मचारीले प्रयोग गर्ने पोशाकलागयतका सामग्री स्वदेशमै उत्पादन गरिने
काठमाडौँ । सरकारले सुरक्षाकर्मी र कर्मचारीले प्रयोग गर्ने सामग्री स्वदेशमै उत्पादन गर्ने भएको छ । त्यसका लागि सरकारले बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले राज्यकोषबाट खर्च बेहोरिने सुरक्षाकर्मी र कर्मचारीले प्रयोग गर्ने सामग्री स्वदेशमा नै उत्पादन गर्ने बताएका छन् ।
संघीय संसदको संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०७७/ ७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले राज्यकोषबाट खर्च बेहोरिने सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकको पोसाक, जुत्ता र अन्य उपभोग्य सामग्री स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था मिलाइने बताएका हुन् ।
त्यसका लागि साना तथा मझौला उद्योगलाई विकास र विस्तार गर्न सीपको विकास र प्रोत्साहन गर्नका लागि बजेट व्यवस्था गरिएको मन्त्री खतिवडाले बताए । स्वदेशी वस्तुको उपभोगका लागि स्वदेशी कपडा उद्योग, धागो उद्योगलाई प्रोत्साहन गरिने मन्त्री खतिवडाले बताए ।