बहराईनमा २ सय ४५ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण
काठमाडौ । बहराइनमा दुई सय ४५ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड १९ को संक्रमण भएको पुष्टि भएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो ।
बहराइनमा एक हजार ९ सय ५० जना संक्रमित उपचारमा छन् १ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् ।