कोरोनाले पारेको असरबारे अध्ययन गर्न कांग्रेसद्वारा १४ सदस्यीय ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेका छन् । पार्टीको बैशाख १७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न सभापतिले समिति गठन गर्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

समितिमा विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरि रहेका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसकेका व्यक्ति सहभागी छन् ।

समितिको सदस्यहरुमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा, डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोख्रेल, डा. गोविन्द पोख्रेल र डा. स्वर्णिम वाग्ले छन् ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकमा सुशासन कायम गर्नका लागि तपाईको सुझाव के छ ?

काठमाडौँ । नेकपा एमालेको पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष छिन् । उनी

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

पूर्व विशिष्टलाई आजीवन सेवा सुविधा दिने कानुन नबनाउन र बरु दिइएको सुविधा घटाउन कोइरालाको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्व विशिष्टलाई आजीवना सेवा

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली