ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशद्वारा स्वाव कलेक्सन बुथ ६ वटा सरकारी अस्पताललाई प्रदान



काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले स्वाव कलेक्सन बुथ निर्माण गरी बागमती प्रदेशका सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको छ । एशोसिएसनले निर्माण गरेका स्वाव कलेक्सन बुथ मंगलबार विभिन्न ६ वटा सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको हो ।

कोरोना नियन्त्रणका लागि फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षार्थ बुथ निर्माण गरिएको एशोसिएसनका सभापति नन्दलाल बञ्जाडेले जानकारी दिए । एशोसिएसनले मंगलबार दोलखाको चरिकोट, सिन्धुपाल्चोकको मेलम्ची र बाह्रविसे, काभ्रेको पाँचखाल, नुवाकोट खरानीटार र धादिङको धादिङवेसीका लागि कलेक्सन बुथहरु पठाएको छ ।

यसअघि रामेछापको मन्थली, सिन्धुपाल्चोकको चौतारा, काभ्रको मण्डनदेउपुर र नुवाकेटको विदुरमा ४ वटा स्वाव कलेक्सन बुथ पठाइएको उनले बताए ।
कोरोना नियन्त्रणका लागि कोरिया तथा भारत लागयतका बुथहरुबाट स्वाव कलेक्सन भइरहेको सन्दर्भमा नेपाली इन्जिनियरहरुले पनि निर्माण गरेको एशोसिएसनका सदस्य सुरज गौतमले बताए । एउटा बुथ निर्माणमा ९० हजार देखि १ लाखसम्म खर्च हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

राज्यले अनेकौं आविष्कार केन्द्रको स्थापनाबाट युवाहरूलाई डिजिटल क्रान्तिका योद्धा बनाउनुपर्छ

-डा. युवराज संग्रौला । देशलाइ वर्तमान अवस्थाबाट वा आर्थिक संकट र राजनीति अस्थिरताको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यावसायिक कागतीखेती रमाउँदै प्रतीक

दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागती