१ २०४६ साल पछिको राजनीतिमा सांसदलाई आफ्नोतिर ल्याउन प्रयोग गरिएका विभिन्न हथकन्डाले प्रजातन्त्र र सुशासन तहसनहस भएको नेपाली जनताले महसुस गरेका हुन् । आज फेरि त्यस्तै हथकन्डा वर्तमान शासकहरुले प्रयोग गर्न खोज्नु निन्दनीय र दुर्भाग्यपूर्ण हो ।
२ द्रब्य र सत्ताको लागि कानुन बदलेर राज्यशक्तिको दुरुपयोग गरेको यथार्थता यतिकाण्डमा र अहिले पार्टी फुटाउन गरेको प्रयासमा स्पस्ट देखिएको छ । यो कानुनको शासन होइन कानुनको नाममा हुकुमी शासन हो । यो सर्बहाराको अधिनायकवाद होइन, यो लोकतन्त्र होइन, यो समाजवाद उन्मुख शासन होइन ,यो पूँजीवादी शासन पनि होइन, ( यो त हुकुमी शासन हो, नवसामन्तवादको नाङ्गो अनुहार हो ।
३ अझै समय छ प्रधानमन्त्रीजी , आफूलाई सच्याउनुस् । अन्यथा तुफानमा दिशाबिहीन भएर उडेको सुकेको पातको थितिमा पुग्न नपरोस् । यहि छ अहिले शुभकामना !
डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष, राप्रपा

प्रतिक्रिया