कोरोना संक्रमणबाट अमेरिकामा अर्का एक नेपालीको मृत्यु



काठमाडौ । कोरोना संक्रमणका कारण अमेरिकामा अर्का एक नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण अमेरिकाको न्यूयोर्कमा बस्दै आएका पवनकुमार मल्लको मृत्यु भएको हो ।

तीन हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको जनाइएको छ । कोरोना भाइरसका कारण विरामी रहेका मल्ल उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए । तर अस्पतालले ठाउँ नभएको भन्दै भर्ना लिन नमानेपछि उनको घरमै निधन भएको बताइएको छ । अमेरिकामा हालसम्म पाँच सय भन्दा बढी कोरोना संक्रमित भएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेल्वासे र थापा बेलायतमा काउन्सिलरमा विजयी

लण्डन । बेलायतको रश्मोर वरो काउन्सिलका दुई छुट्टाछुट्टै ठाउँबाट नेपाली मूलका दुई बेलायती

प्रवासी नेपाली एकता मञ्च यूरोपले ५० लाख रुपैयाँको कोभिड–१९ च्यालेञ्ज फण्ड खडा गर्ने

सुरज भण्डारी, टेक्सास । प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना

जेलमा रहेका १४ नेपालीलाई आममाफी दिने कतारको घोषणा

काठमाडौं । रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा