कोरोना संक्रमणबाट अमेरिकामा अर्का एक नेपालीको मृत्यु



काठमाडौ । कोरोना संक्रमणका कारण अमेरिकामा अर्का एक नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण अमेरिकाको न्यूयोर्कमा बस्दै आएका पवनकुमार मल्लको मृत्यु भएको हो ।

तीन हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको जनाइएको छ । कोरोना भाइरसका कारण विरामी रहेका मल्ल उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए । तर अस्पतालले ठाउँ नभएको भन्दै भर्ना लिन नमानेपछि उनको घरमै निधन भएको बताइएको छ । अमेरिकामा हालसम्म पाँच सय भन्दा बढी कोरोना संक्रमित भएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको