एकबर्षको तलब नलिने नारायणकाजीको घोषणा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
उनले सोमबार ट्वीट गर्दै आफ्नो एक वर्षको पारिश्रमिक मध्ये दुई महिनाको कोभिड १९ उपचार तथा राहत कोषमा र बाँकी १० महिनाको तलब विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।