नेपाल परिचय पढेपछि….



डा. गोविन्दशरण उपाध्याय ।

नेपालका विषयमा परिचय दिने उद्देश्यले सूचना विभागले लेखेर प्रकाशित गरेको यो पुस्तक हिन्दू संस्कृतिप्रति निकै पूर्वाग्रही छ | पुस्तकमा बौद्ध समुदाय र तिनका मान्यताहरूको सत्ययुगदेखिको इतिहास नेपालसंग जोडिएको छ तर सत्ययुगको बैचारिकता सृजित गर्ने हिन्दू-इतिहास र संस्कृतिका विषयमा विर्सेर पनि एउटा शब्द उच्चारण गरिएको छैन | यदि कहिँ गरिएको छ भने त्यो प्रयोग केवल बाध्यात्मक भएरमात्र | बौद्ध वारे उल्लेख गर्नु उचित हो तर हिन्दूत्व वारे उल्लेख नगर्नु हिन्दू र बौद्धहरू बीच फुटहाल्ने निर्देशित नीतिको अंग हो | सूचना विभागले नेपालका सबै रैथाने धर्म, संस्कृति तथा चिन्तनलाई समान दृष्टिले ब्याख्या गर्नुपर्छ |

यो प्रकाशनले जताततै बौद्ध तीर्थ स्थल र बौद्ध सन्तहरूको बढाइचढाई गर्छ तर नेपालभरी फैलिएका हिन्दू देवालय तथा तीर्थस्थलको उल्लेख गर्दैन | एसको सिधा अर्थ हो नेपालको ८१,३% जनताको आस्था बोल्न् सूचना विभागलाई निकै कष्ट तथा हीनताबोध भएको छ | अनेकौं बौद्ध गुरूहरू काठमाडौँ उपत्यकामा आए भन्नेले भगवान श्रीकृष्ण पनि काठमाडौँ उपत्यका आएको क्विदंती वारे चुइक्क पनि बोल्दैन |

नेपालका विषयमा एस कितावले धेरै जानकारी दिएको छ, अत्यन्त उपयोगी पनि छ तर नेपालको आरम्भ केवल ई.पू. ५००-६०० वर्ष (पेज ४३) पहिला भएको भनेर बुद्धको उपस्थितिलाई समेत नकारेको छ भने एसो लेख्दा उद्देश्य चाहिं हिन्दू वैदिक इतिहासको उपस्थितिलाई अस्वीकार गर्ने उदेश्य रहेको प्रष्ट बुझ्न सकिन्छ |

यदि सूचना विभागका लागि हिन्दू-जनसंख्या बोझ हो, विदेशी आक्रमणकारी हो भने तेसै भनेर लेखेको भए हुन्थ्यो नि | आगामी दिनमा यो पुस्तक छापाउँदा “नेपालको ८१% जनसख्यालाई प्रतिनिधित्व गर्ने हिन्दूहरू विदेशी आक्रमणकारी हुन् र यिनले आफ्नो प्रभुत्व स्थापित गर्ने क्रममा देशभरि नै मन्दिर, पौवा, तीर्थस्थलहरूको स्थापना गरेका छन्” भन्ने पदावली थप्नुहोला | यो किताव निम्न लिंकमा गएर डाउनलोड गर्न सकिन्छ |

नेपाल परिचय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी