अमेरिकामा लुकेको आरोप लागेकी उपमेयर भन्छिन् – विरामी परेकाले नेपाल फर्किन नसकेको हो



काठमाडौँ । अमेरिकामा पुगेर सम्पर्कमा नआएको आरोप लागेकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपालीले आफू बिरामी परेका कारण नेपाल फर्किन नसकेको जनाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै उपप्रमुख नेपालीले आफू मेयर रतनबहादुर शाहीलाई जानकारी दिएर अमेरिका गएको भन्दै कतै नलुकेको स्प्ष्टीकरण दिएकी हुन् । ’म हराएको पनि छैन, कतै लुकेको पनि छैन’, उनले लेखेकी छन्, ’म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।’
अमेरिकामा आयोजित गोष्ठीमा भाग लिन कात्तिक पहिलो साता गएकी उपप्रमुख नेपाली फर्किएकी छैनन् । पार्टी र नगरपालिकालाई समेत जानकारी नभएको खबर विभिन्न सञ्चारमाध्यममा आएपछि उनले खण्डन गरेकी हुन् ।
यस्तो छ उपमेयर नेपालीको फेसबुक स्टाटस

सम्पुर्ण सुभचिन्तकहरुमा नमस्कार !
म आराम छैन ।तपाईहरु आराम हुनुहुन्छ भन्ने बिश्वास छ
ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्न्थे हो रहेछ आज आयर बुझ्दै छु ।
१. म हरायको पनि छैन २. म कतै लुकेको पनि छैन ३.म मेयर Ratan Shahi जि लाई जानकारी नदियर पनि आयको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आयको हो ।
५. अमेरीका बाट बार बार फोन गर्दा कायालयमा सम्पर्क मेयर लाई गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत Uddhav Rijal जि संघ पनि कुरो भएको हो वार्ड अध्यक्षहरु सङ्ग पनि कुरो भएको हो ।कतै बाट केहि प्रतिक्रिया आयन
#सहयोग त झन कुरै भएन #अमेरिका आउदाको plane ticket पनि नगरले पैसा हालेको नभएर मैले पनि बार बार माग्ने जस्तो कति चोटि कल गर्नु ।
७.मेयर लाई मेरो के मतलब र याद हुने कुरो पनि भयन र बार बार भिख मागिन ।
८. मैले सोचे म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिन माग्दिन पनि किन कि मलाई मेरो plane ticket को पैसा त मेरो दाजुहरु Parbat Jee नेपाली र Kashi Prasad Pandey दाजु Sunita Pandey भाउजुले हाल्नु भएको हो तेसैले मागिन । तेस पछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहियन कसैले दिय पनि भनेको हो ।
९. अहिले म राम्रो सङ्ग बोल्न पनि सक्दिन अलि अलि चल्न सक्ने भएको छु यस्को सबै उपचार भारत कि डा . अञ्जीर कुमार ले गर्दै हुनुहुन्छ । म पुर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ ।
#तिलागुफाका जनताहरुको माया ममता म मा सधै छ र भैई राख्ने छ ।
#मैले नगर पालिका संघका महसचिव Bhim Prasad Dhungana जि लाई पनि भनेकै हो बरु उहाँ र हाम्रो Kalanidhi Devkota कार्यकारी अधिकृत नगर पालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो मलाई सरकारी पैसाको उपचार नगराउने भनेर चाहिदैन्न पर्दैन भने
#मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ ।
#जसरी भए पनि बाच्नै पर्ने देशमा रोगी नेता ले सबै पैसा सिधा्य पनि हामीले नै भन्ने फेरि म उपचार गर भन्न पनि मेरो नैतिकले दियन तेसैले मैले सहयोग मागिन गल्ती गरे माफ माउ
#जिन्दमा अरु केहि नजाने पनि मान्छ असल मान्छे कमाउन जानेकी छु मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई
१०. अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केहि छैन र मेरो स्वास्थ भन्दा ठुलो केहि छैन ।
#कृपया मलाई बाच्न दिनुहोस् #मबाचेत अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने ?
म दुनियाँ कै शक्तिशाली भए पनि केहि छैन मलाई ।
अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् के गर्ने हो गर्नुहोस्
मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला म लाई Responsibility बारेमा राम्रो सङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा