निगमका २२ जना पाइलटले दिए सामूहिक राजीनामा
काठमाडौं । नेपाल वायुसेवा निगमका २२ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी पाइलट र स्वदेशी पाइटलबीच सेवा सुविधामा विभेद गरिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।
निगमको इतिहासमै पहिलोपटक यति धेरै पाइलटले एकैपटक राजीनामा दिएको यो पहिलो पटक हो । व्यवस्थापनका कारण निगम धरासायी भएको पनि उनीहरुले राजीनामाको कारणमा उल्लेख गरेका छन् ।
अरबिन पहाडी, श्रवण रिजाल, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्जय पौडेल, मुकेशकुमार गुप्ता, सुनील श्रेष्ठ, समजकुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराईले सामूहिक राजीनामा दिएका छन् । निमगमा अहिले १३ जना विदेशी पाइलट छन् ।