एमसिसीकाबारेमा नेकपाको संसदीय दलले लियो परराष्ट्रमन्त्रीसँग जानकारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग एमसिसीका विषयमा जानकारी लिएको छ ।

सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसिसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन् ।

राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दल भित्र एमसिसीका विषयमा एउटै मत बनोस् भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिए । सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सहायता सम्बन्धी सम्झौता पछिल्लो समय विवादित बनेको छ । खासगरी अमेरिकाको इण्डोप्यासिफिक रणनीति भित्र एमसिसी रहेको भन्दै नेकपाभित्रै विवाद बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल

दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा(भिडियोसहित)

काठमाडौँ ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई