एमसिसीकाबारेमा नेकपाको संसदीय दलले लियो परराष्ट्रमन्त्रीसँग जानकारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग एमसिसीका विषयमा जानकारी लिएको छ ।

सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसिसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन् ।

राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दल भित्र एमसिसीका विषयमा एउटै मत बनोस् भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिए । सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सहायता सम्बन्धी सम्झौता पछिल्लो समय विवादित बनेको छ । खासगरी अमेरिकाको इण्डोप्यासिफिक रणनीति भित्र एमसिसी रहेको भन्दै नेकपाभित्रै विवाद बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि बढाउन पूर्वराष्ट्रपतिको सुझाव

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेका युवा वर्गलाई देशका निमुखा जनताको पक्षमा

अभिनेत्री थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

काठमाडौं । अभिनेतृ रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित

एकीकृत समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्व

निर्वाचन खर्च नबुझाउने चार सय ६७ उम्मेदवार कारबाहीमा

म्याङ्लुङ । तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार