अहिलेको सरकारले एमसिसीलाई अगाडि बढाउनेमा म विश्वस्त छुः सभापति देउवा



दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीलाई पार्टीले पूर्ण समर्थन गर्ने बताएका छन् । नेपाल प्रेस यूनियन दाङले आइतबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले एमसिसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई फिर्ता जान दिन नहुने बताएका हुन् ।

कुनै पनि हालतमा यति ठूलो सहयोगको पैसा फिर्ता जान दिन नहुने मान्यतामा नेपाली कांग्रेस रहेको भन्दै सभापति देउवाले अहिलेको सरकारले पनि त्यसलाई अगाडि बढाउनेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘एमसिसी म प्रधानमन्त्री हुँदा क्याबिनेटले पास गरेको कुरा हो’ देउवाले भने ‘अमेरिकाको यत्रो ठूलो रकम पहिलो पटक नेपालमा आएको हो, त्यसैले एमसिसी नेपालका लागि धेरै महत्वपूर्ण छ।’

एमसिसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने देउवाले बताए । उनले बुटवलदेखि नयाँ दिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको बताए । त्यस्तै उनले त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तारमा समेत सहयोग पुग्ने बताए ।
अहिलेको सरकारले कुनै पनि त्यस्तो उल्लेखनीय काम गर्न नसकेको भन्दै उनले सरकारका गलत कामको प्रतिपक्षीले सदनवाट विरोध गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा