राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार श्रेष्ठ र न्यौपानेद्वारा मनोनयन दर्ता



पोखरा । राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय कास्कीमा आइतबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले (अन्य) र भगवती न्यौपाने (महिला) ले मनोनयन दर्ता गराएका हुन् ।

श्रेष्ठ गत प्रतिनिधिसभा चुनावमा डा. बाबुराम भट्टराईसँग गोरखामा पराजित भएका थिए । श्रेष्ठको प्रस्तावकमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत र समर्थकमा प्रदेशसभा सदस्य दिलमाया रोका मगर रहेका छन् ।

न्यौपानेलाई प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्ताव र मञ्जु गुरुङले समर्थन गरेकी छन् । मनोनयनपछि आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले उम्मेदवार बनाएकोमा पार्टीलाई धन्यवाद दिँदै माघ ९ को निर्वाचनमा सबै मतदातालाई मतदान गर्न आग्रह गरे । देश र जनताको सेवामा समर्पित हुन, आवश्यक परिवर्तन गर्न राजनीतिमा आएको उनले बताए ।

संविधानमा उल्लेख समाजवाद उन्मुख जनताको जनवादका आधारमा सामाजिक, आर्थिक रुपान्तरण गरिने उनले बताए । यही प्रक्रियाका निम्ति आफ्नो उम्मेदवारी एउटा इँटा थप्ने काम मात्र भएको श्रेष्ठले बताए । न्यौपानेले सदस्य पदमा गण्डकी प्रदेशबाट आफ्नो उम्मेदवारी निर्णय गर्नुमा आफ्नो राजनीतिक जीवनको मूल्यांकन भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका