राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार श्रेष्ठ र न्यौपानेद्वारा मनोनयन दर्ता



पोखरा । राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय कास्कीमा आइतबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले (अन्य) र भगवती न्यौपाने (महिला) ले मनोनयन दर्ता गराएका हुन् ।

श्रेष्ठ गत प्रतिनिधिसभा चुनावमा डा. बाबुराम भट्टराईसँग गोरखामा पराजित भएका थिए । श्रेष्ठको प्रस्तावकमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत र समर्थकमा प्रदेशसभा सदस्य दिलमाया रोका मगर रहेका छन् ।

न्यौपानेलाई प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्ताव र मञ्जु गुरुङले समर्थन गरेकी छन् । मनोनयनपछि आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले उम्मेदवार बनाएकोमा पार्टीलाई धन्यवाद दिँदै माघ ९ को निर्वाचनमा सबै मतदातालाई मतदान गर्न आग्रह गरे । देश र जनताको सेवामा समर्पित हुन, आवश्यक परिवर्तन गर्न राजनीतिमा आएको उनले बताए ।

संविधानमा उल्लेख समाजवाद उन्मुख जनताको जनवादका आधारमा सामाजिक, आर्थिक रुपान्तरण गरिने उनले बताए । यही प्रक्रियाका निम्ति आफ्नो उम्मेदवारी एउटा इँटा थप्ने काम मात्र भएको श्रेष्ठले बताए । न्यौपानेले सदस्य पदमा गण्डकी प्रदेशबाट आफ्नो उम्मेदवारी निर्णय गर्नुमा आफ्नो राजनीतिक जीवनको मूल्यांकन भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकतन्त्रको विकल्प छैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले लामो समयदेखि गरेको

गणतन्त्रका कारण भ्रष्टाचार बढ्यो भन्नु मिथ्या प्रचारः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर

जनताको व्यवस्थामाथि नै आँच पुर्याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन : राष्ट्रपति

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका

अहिलेको शासन प्रणालीप्रति भ्रम छर्ने र वितृष्णा छर्ने प्रयास कदापि सफल हुने छैनन्ः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका