उखु किसानका सम्पूर्ण समस्या समाधान गर्न सरकार प्रतिवद्ध: उद्योगमन्त्री भट्ट



काठमाडौं । सरकारले किसानको बक्यौता रकम भुक्तानी गर्न चिनी मिल सञ्चालकलाई निर्देशन दिइसकेको भन्दै काठमाडौको माईतीघरमा धर्नामा बसेका उखु किसानलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानका समस्या समाधान नभए किसानले बोलाएको ठाउँ र समयमा उपस्थित हुने प्रतिवद्धता व्यक्त गर्दै प्रदर्शनमा आएका सबै किसानलाई घर फिर्ता जान आग्रह गरेका हुन् । उनले यो बर्ष कुनै पनि अवस्थामा उखु किसानका सम्पूर्ण समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

उनले अन्नपूर्ण सुगर मिल र इन्दिरा सुगर एण्ड एग्रो प्रालिका सञ्चालक राकेश कुमार अग्रवाल मन्त्रालयको टेलिफिोन सम्पर्कमा आएका तथा महालक्ष्मी सुगर मिल प्रालिले पुस २५ गते भित्र सबै उखु किसानको बाँकी बक्यौता भूक्तानी गर्ने लिखित प्रतिवद्धता गरेको जानकारी दिए । त्यसैगरी श्रीराम सुगर मिलले किसानको रकम भुक्तानी गर्न सहजीकरणका लागि मन्त्रालयमा अनुरोध गरेको पनि उनले बताए ।

उनले मन्त्रालयको निर्देशन अनुसार माघको पहिलो सातासम्म उखु किसानको सम्पुर्ण बक्यौता चुक्ता गर्न निर्देशन भएको, यसबर्ष को उखु तत्काल खरिद गरि मिल संचालन गर्न तथा भुक्तानी नगरेको मिलको कारोवार रोक्का राखिने व्यहोरा सबै मिललाई जानकारी गराईएकाले किसानहरुलाई भुक्तानी पाउनेमा विश्वस्त हुन आग्रह गरे ।

उनले उखु किसानलाई सरकारले दिने भनी घोषणा गरेको अनुदान रकम पर्याप्त र सहज तरिकाले उपलब्ध हुने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र कृषि मन्त्रालयमा सहजिकरणका लागि अनुरोध गरिएको बताए ।

मन्त्री भट्टका अनुसार, पुस १६ गते उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत आपूर्ति व्यवस्थापन महाशाखाको संयोजकत्वमा चिनीको कारखानाद्वार मुल्य, फ्याक्टी मूल्य निर्धारण गरि आवश्यक सुझाव दिन का लागि पनि समिति गठन गरिएको छ । उखु किसानको ऋण र बाध्यता तथा समस्याको बारेमा कार्यदलले दिने सुझावका आधारमा सरकारले समस्या सम्बोधन गर्ने उनले बताए ।

उखु किसानको समस्या आउन नदिन चिनी मिलका संचालकलाई बोलाई भुक्तानी दिन तथा उखु उत्पादन र चिनिमिल संचालकबीच छलफल गरि उखु किसानलाई सरकारबाट दिइएको अनुदान रकम सहज उपलब्ध गराउन, उखु किसानलाई अनुदान दिने कार्यविधि सरल र व्यवहारिक हुने गरी आवश्यक परिमार्जन गर्न कषि तथा पशुपक्षी विकास मन्त्रायलाई अनुरोध गर्ने काम पनि मन्त्रालयबाट भएको उनले जानकारी दिए ।
यस बर्षका लागि उखुको मुल्य प्रतिक्वीन्टल ५ सय ३६ रुपैया ५६ पैसा मुल्य निर्धारण गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।