भीम रावललाई सूर्य थापाको प्रश्नः कमरेड, “राष्ट्रवाद”काे बहसमा बुझेर नै उत्रिनुभएकाे हाे त ?



सूर्य थापा

कमरेड,
“राष्ट्रवाद”काे बहसमा बुझेर नै उत्रिनुभएकाे हाे त ?
पार्टीले तपाईका कविताबमाेजिम चलिदिनुपर्ने कि कसाे हाे ? यी दुई कविताकाे “पुरानाे” र “नयाँ कवि” तपाईं नै हाे भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुबै कविता प्रस्तुतसम्म गरिएकाे जानकारी अनुराेध छ ।
म पुरानाे लिम्पियाधुरा लेख्ने कविकाे हिमायती हुँ। तर स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएकाे कविता भने तथ्यकाे भ्रष्टीकरण, भ्रमकाे पुलिन्दा र अात्मनिन्दा एवं भ्रत्सनाकाे मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही हाेइन र हुन पनि सक्दैन । तपाईका यताका अन्तर्वार्ता, प्रस्तुति र यावत् पक्षले क्रमश: पापराजीकाे फन्दामा उहिले डायना परेजस्ताे/वा अाज तपाई परिरहेकाे अनुभव भइरहेकाे छ । याे नबुझेर वा नजानेर त पक्कै गर्नुभएकाे हाेइन हाेला ? एक्लाे “बृहस्पति” बन्न नखाेज्नु नै हितकर हुन्छ हाेला !
तपाइकाे अाजकाे बाेली, धारणा र अभिव्यक्ति नेकपाकाे संस्थागत निर्णय, धारणा र निर्देशन कदापि हाेइन र मान्न सकिदैन। सकिदैन । कमसेकम अाफूले टेकेकाे धर्ती र अाफ्नाे टाउकाेले खामेकाे अाकाश मात्रै थाम्न खाेज्नु उचित हाेला कि ! विषयकाे संवेदनशीलता र गंभीरता बिर्सेर फर्किने ठाउँ नै नराखी अाफू अनुकूल अपव्याख्या गरेर बहकिनु उचित हाेइन । अागे कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्दि !!
तपाईकै
“सहप्रवक्ता”

थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

गैरव्यवसायिक क्रियाकलाप गरेको भन्दै सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन