धुर्मुसको आत्मविश्वास देख्दा……



रवीन्द्र मिश्र । 

पहिले विपन्नहरूलाई वस्ती निर्माण गरेर धुर्मुस-सुन्तलीले ‘सोचनीय’ स्तरको उदाहरणीय काम गरे। अहिले उनीहरू व्यक्तिको अग्रसरतामा विरलै हुनसक्ने ‘असोचनीय’ स्तरको काम गरिरहेका छन्: अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने।

शुक्रबार विहान साझा पार्टीका साथीहरूसँग रङ्गशाला निर्माण स्थल पुग्दा उनको उत्साह, दृढता र अनुहारको चमकमा रत्ति पनि कमी थिएन। असोचनीय स्तरको प्रतिकूलताका वावजुद उनी पूर्ण आत्मविश्वासका साथ मैदानमा व्यस्त थिए।

“रङगशालाको डिजाइनमा रहेको सातवटा पत्रले सातवटा प्रान्त र ७७ वटा कोठाले ७७ जिल्लालई प्रतिनिधित्व गर्छ। त्यसो गरेपछि सिँगो देशको अपनत्व हुन्छ। त्यही कारणले गर्दा अहिले देशभरीका र विदेशमा बस्ने नेपालीहरूबाट सहयोग प्राप्त भइरहेको छ,” उनले व्याख्या गर्दै गए।

बाटोमा फर्किँदा साथीहरूले भने: “हामीले पनि यो काममा कुनै न कुनै रूपमा सघाउनु पर्छ।” मैले भनेँ, “हामीले मात्र होइन, अब यो काममा सरकारले पनि सघाउनु पर्छ किनभने सरकारले यति ठूलो कामका लागि जग्गा र केही करोड रूपैयाँमात्र दिएर पुग्दै पुग्दैन।

सरकार जिम्मेवार र दूरदृष्टियुक्त भइदिएको भए राज्यले गर्नु पर्ने यस्ता काममा व्यक्ति अग्रसर हुनै पर्दैन थियो। त्यसो नभएकोले यहाँ व्यक्ति अग्रसर हुनु पर्यो। तर सरकारले पनि यसको महत्व आत्मसात गरिसकेकोले उसको सहयोग पनि अब अनिवार्य हुनेछ।

सबैको सहयोग रहोस् र धुर्मुस-सुन्तलीको सपना सारा नेपालीको विपनामा परिणत होस्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन